
तुलसीपुर । दाङको गढवामा ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार २८ जना घाइते भएका छन् । बुधबार साझ जङगलबाट पात टिपेर ट्र्याक्टरमा फर्किंदै गरेका २८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
खचाखच मान्छे बोकोको लु २ त ५१६४ नम्बरको ट्र्याक्टर आज साँझ गढवामा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनुभयो । घाइते हुनेहरु सबै गढवा गाउँपालिका–४ पर्साका रहेको प्रहरीले बताएको छ । घातेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
ट्र्याक्टर चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै