
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादीबीच राष्ट्रियसभा सदस्यको भागबण्डाको लागि छलफल भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भागबण्डाबारे मंगलबार छलपल भएको हो । छलफलका लागि कांग्रेस सभापति देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसहित प्रधानमन्त्री निवास बालुवाटरमा पुग्नु भएको हो ।
फागुन २० राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाल सकिँदैछ । त्यस मध्ये १९ जना पूर्ति गर्नका लागि माघ ११ गते हुँदैछ । निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनका दल भागबण्डाको कसरत लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो