
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेको राम्रा कामको नेपाली कांग्रेसबाट समर्थन नपाएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष रहनुभएका दाहालले सोमबार कांग्रेसले आयोजना गरेको मेलमिलाप कार्यक्रममा सरकारले जनताको पक्षमा केही रेकर्ड बन्नेगरी काम गरेको दाबी समेत गर्नुभयो । तर ती कार्यको सत्ता गठबन्धनकै अन्य दलले खुलेर समर्थन गर्न नसकेको प्रधानमन्त्रीको भनाई छ । ‘प्रचण्ड सानो पार्टीको नेता कताकताबाट प्रधानमन्त्री भयो भनेर कांग्रेसले सरकारले गरेको राम्रा कामको खुलेर समर्थन गर्ने स्वामित्व लिन डराइदिनुभएन, हिच्चकिचाइदिनु भएन’ उहाँले भन्नुभयो– ‘मेरो ठाउँबाट केही जोखिम उठाएर यो वातावरण बनेको छ । त्यसैले यसको गहिराइलाई बुझिदिन अपील गर्छु । राम्रा काम पनि भएका छन्, केही रेकर्ड बनेका छन् ।’
प्रधानमन्त्रीले आफू सिंहदरबार केन्द्रित भएर मन्त्री र कर्मचारीलाई निश्चित समय दिएर काम नगरे कडा कदम चाल्ने चेतावनी दिएको समेत कार्यक्रममा सुनाउनुभयो । ‘जनताको आशा र अपेक्षा अनुसार भएन भनेर मैले नै भनेको छु’ उहाँले भन्नुभयो– आफैंले अरुलाई भन्नुभन्दा पनि आफ्नो कार्यशैलीलाई सुधारेर सिंहदबार केन्द्रित भएर, मन्त्री र कर्मचारीलाई अझ बढी केन्द्रित गरेर उनीहरुलाई जिम्मेवारी दिएर पूरा नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएर अगाडि बढेको छु । यसमा पनि सबैको सहयोगको अपेक्षा गरेको छु ।’
प्रधानमन्त्री दाहालले ललितपुरको बालकुमारीमा शुक्रबार २ जनाको ज्यान जाने गरी भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको टिप्पणी गर्नुभयो । आफू दोलखामा पूर्वनिर्धारित कार्यक्रममा पुगेर फर्किने क्रममा त्यसबारे थाहा पाएको र भोलिपल्ट ब्रिफिङ लिएपछि घटना केही गम्भीर लागेको प्रधानमन्त्रीको भनाई छ । ‘दुई जना युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने जस्तो जस्तो गतिविधि भएको छ’ उहाँले भन्नुभयो– ‘चिज यस्तो छैन, जस्तो देखिएको छ । यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु । यो कतै गणतन्त्रविरुद्धको डिजाइन त छैन ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री