
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरु ऐन महर र सिराज अहमद फारुकीलाई पार्टीबाट बर्खास्त गरेको छ । आज बसेको एमालेको सचिवालय बैठकले नेता महर र फारुकीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
आन्तरिक रुपाम पार्टीले बर्खास्त गरेपनि पार्टीले सूचना सार्वजनिक गर्दा उहाँहरुले दिएको राजीनामा स्वीकृत गरेको भनेको छ । ‘बैठकले दुई जना केन्द्रीय कमिटीका सदस्यहरु अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ’, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
एमाले उच्च स्रोतका अनुसार उहाँहरुले राजीनामा नदिएकाले राजीनामा स्वीकृत हुने भन्ने कुरै भएन, उहाँहरुको राजीनामा स्वीकृत गरेको नभइ पार्टीबाट बर्खास्त गरिएको हो । ‘यौन विचलनमा परेको अडियो सार्वजनिक भएकाले ऐन महरलाई र आर्थिक बिचलनको प्रमाणहरु भेटिएकाले फारुकीलाई बर्खास्त गरिएको हो’, स्रोतले भन्यो ।
बर्खास्त भनेर निर्णय सार्वजनिक गर्दा त्यसको कारण खुलाउनुपर्ने भएकाले राजीनामा स्वीकृत भनेर लेखिएको स्रोतको दाबी छ । ‘पार्टीको अनुशासनमा नबस्ने अरु नेताहरुबारे पनि छलफल चलिरहेको छ । अहिले दुई जनालाई बर्खास्त गरिएको हो’, एमाले निकट स्रोतले भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल