
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिनुभएको छ ।
शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधनका क्रममा प्रचण्डले पूर्वराजलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को संज्ञा दिदै संस्थाप्रति आक्रोश पोख्नुभएको हो ।
पूर्वराजा प्रति संकेत गर्दै ‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि ! सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ’, उहाँले भन्नुभयो ।
राजावादीहरू सल्बलाएको सन्दर्भमा उहाँले अहिलेको परिस्थिति खतरनाक भइसक्यो भन्ने नरहेको बताउनुभयो । तर दुस्साहस भने भइरहेको उहाँले स्वीकार गर्नुभएको छ ।
‘यो जुन नौटङ्की देखाइँदै छ । राजा, महाराजाबारे । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएका छैनन्, मुर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मुर्ति चोरहरू अहिले राजा बन्न खोज्दैछन् । भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिए भन्ने ठानेको ?’, उहाँले प्रश्न गर्नुभयो ।
आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्यकाण्डबारे छानबिन हुनुपर्छ भनेको पनि उहाँले स्मरण गर्नुभयो । तर, आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको प्रचण्डले बताउनुभयो ।
‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानबिन गर्नुपर्छ भनेको थिएँ’, उहाँले भन्नुभयो, ‘मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल