
नवलपरासी । नवलपरासीको सुस्तामा उद्योग व्यवसाय दर्ता नहुँदा स्थानीयलाई समस्या भएको छ । नारायणीपारिको सुस्तागाउँका अधिकांश स्थानीयसँग नागरिकता र जग्गाधनी प्रमाणपत्र नहुँदा समस्या भएको हो ।
जग्गाधनी प्रमाणपत्र नहुँदा व्यापार–व्यवसाय दर्ता पनि हुनसकेको र कतिपय स्थानीयले बिनादर्ता व्यवसाय सञ्चालन गरेका छन् । यद्यपि उत्पादित सामग्री किनबेचमा समस्या भएको सुस्ताका स्थानीय तथा सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताउनुभयो ।
सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका क्रममा रहेकाले विद्युत् मिटरका लागि पनि जग्गाधनीपुर्जा नहुँदा समस्या भएकाले आफ्ना समस्या सम्बोधन गर्न सुस्तावासीले सरकारसँग माग गरेका छन् । सुस्तागाउँमा झण्डै तीन सय परिवारको बसोबास छ । अधिकांशसँग नागरिकता नहुँदा उनीहरू राज्यले प्रवाह गर्ने सेवासुविधाबाट वञ्चित भएका छन् ।
सदरमुकाम परासीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ताका लागि सुस्तावासी आउने गरे पनि कार्यालयले जग्गाधनीपुर्जा नभएको भन्दै फिर्ता पठाइदिने गरेको छ । नागरिकता नहुँदा धनीपुर्जा पनि सुस्तावासीसँग छैन ।
सुस्तावासीका समस्याप्रति संवेदनशील जिल्लाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सुस्ताको समस्या विशिष्ट किसिमको भएकाले स्थानीय तहको सिफारिसका आधारमा घरेलु कार्यालयमा व्यवसाय दर्ताको अनुमति दिन सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता जयसवालले बताउनुभयो ।
स्थानीय तहको सिफारिसका आधारमा व्यवसाय दर्ताको व्यवस्था प्रदेश मातहतको घरेलु कार्यालयमा हुनुपर्नेमा मागसहितको ज्ञापनपत्र बुझाइएको छ । सुस्ता भौतिक पूर्वाधारले सम्पन्न हुँदै गए पनि नागरिकता समस्या भने समाधान हुन सकेको छैन । नारायणी नदीमा पारि सुस्तागाउँ जोड्नेगरी झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण