
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा २ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौँबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खस्दा देवचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी ८ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् । दुवैजना त्यही माइक्रोबसका यात्रु हुन् ।
घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ । उनीहरुको अवस्था सामान्य छ । माथिबाट ढुङ्गा खसेर माइक्रोमा समेत क्षति पुगेको छ । सडकको त्यो खण्डमा वर्षातको समयमा पटकपटक पहिरो जाँदा सडक अबरुद्ध हुनुका साथै मानविय क्षति हुँदै आएको छ ।
दुई दिनदेखि चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले अत्यावश्यक वाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण